• ७ बैशाख २०७८, मंगलवार
बन्यो भावविह्वल टुँडिखेल : मन्त्री अधिकारीको शव पोखरा लगियो
  • स्टुडियाे संवाददाता

ताप्लेजुङको चुहानडाँडामा दिवंगत भएका संकृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरलाई गृह जिल्ला पोखरा लगिएको छ।

 

 

बुधबार दिउँसो दुर्घटनामा परेको एयर डाइनेष्टिको हेलिकप्टरमा मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पासहित सात जनाको निधन भएको थियो। सो दुर्घटनामा निधन भएकाहरुको शव विहिबार काठमाडौं ल्याइएको थियो।

 

शव पोष्टमार्टम पछि सातै जनाको पार्थिव शरिरलाई सैनिकमञ्च टुँडिखेलमा श्रद्धान्जलीका लागि राखिएको थियो।

 

विहान ८ बजेदेखि ११ बजेसम्म राखिएको श्रद्धाञ्जलीपछि मन्त्री अधिकारीको शवलाई पोखरा लगिएको हो। अधिकारीको शवलाई पोखरामा केहि घण्टा श्रद्धाञ्जलीका लागि राखिने र रामघाटमा आजै अन्त्यष्टि गरिने भएको छ।

  • १७ फाल्गुन २०७५, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech