सप्तरीको बोदेबर्साईन नगरपालिका ५ स्थित शत्रुधन चोकबाट नियन्त्रित लागुऔषध सहित एक पक्राउ परेकालाई जिल्ला अदालत राजबिराजबाट म्याद थप गरेको छ्न । पक्राउ पर्नेमा सोहि नगरपालिका का २२ वर्षीय मोहमद जावीर (जावेद अलि )लाई बिहिवार प्रहरीले पक्राउ गरेको छ ।
उनको साथबाट फेनारगन र नोरफिन ३/३ सय थान सहित मोहमद जाबिरलाई ईलाका प्रहरी कार्यालय बोदेबर्साईन र सशस्त्र प्रहरी बल बोदेबर्साईन, सप्तरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको थियो । उनले पछाडी झोलामा लुकाई राखेको उक्त परिमाणको नियन्त्रित लागूऔषध फेला पारी निजलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आज जिल्ला अदालत राजबिराजबाट म्याद थप भई अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।