• ७ बैशाख २०७८, मंगलवार
स्थायीको माग राखेर आन्दोलनमा राहत शिक्षक
  • स्टुडियाे संवाददाता

 

राहत तथा बालविकास शिक्षक केन्द्रीय समितिले सामुदायिक विद्यालयमा लामो समयदेखि राहत दरबन्दी र बालविकास केन्द्रमा क्रियाशील शिक्षकलाई प्रक्रिया मिलाएर स्थायी गर्नुपर्ने माग गरेको छ।

लामो समयदेखि देशभर कार्यरत त्यस्ता शिक्षकलाई दरबन्दीमा परिणत गरी सेवासुविधा र स्तरोन्नतिको वृद्धि गर्नुपर्ने समितिले माग गरेको हो।

सप्तरी जिल्ला लगायत देशभरबाट आएका शिक्षक माइतीघर मण्डलामा भेला भई बालविकास केन्द्रमा शिक्षामा कार्यरत शिक्षकलाई उमेरको हदबन्दी हटाउनुपर्ने, सम्पूर्ण बालविकास शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्नेलगायत माग गर्दै समितिले प्रदर्शन गरेको हो।

  • २० फाल्गुन २०७५, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech