• ७ बैशाख २०७८, मंगलवार
महाशिवरात्रि : सप्तरीको विभिन्न मन्दिरहरुमा भक्तजनको घुइँचो
  • स्टुडियाे संवाददाता

सप्तरीको विभिन्न मन्दिरहरुमा भक्तजनको घुइँचो लागेको छ । महाशिवरात्रि पर्वमा सोमबार मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको मन्दिर क्षेत् विकास समितिले जनाएको छ ।

प्रत्येक वर्ष सप्तरीमा रहेको राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिर, भुतनाथ मन्दिर,शनि मन्दिर , लालेश्वरनाथ मन्दिर,डाक्नेश्वरी नगरपालिका स्थित डाँक्नेश्वरी मन्दिर, शम्भुनाथ नगरपालिका स्थित शम्भुनाथ मन्दिर , खडक नगरपालिका ११ लालपुर स्थित शिव मन्दिर लगायतका शिवालयमा विहानैदेखि भक्तजनको घुँइचो लागेको थियो । खडक नगरपालिका – ११ लालपुर स्थित शिव मन्दिर उद्वघाटन कार्यक्रममा प्रमुख खडक नगरपालिकाका मेयर हेमायु हकले गरे ।

प्रत्येक वर्ष महाशिवरात्रीको अवसरमा यहाँ भक्तजनको ठूलो घुइँचो लाग्ने गरेको छ । यसैगरी राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरमा भक्तजनको ठुलो घुँइचो लागेको थियो ।

महाशिवरात्रिको दिन महादेवलाई पूजा गर्नाले घरमा सुख, शान्ति र पारिवारिक समृद्धि बढ्ने भन्ने धार्मिक विश्वास छ ।

त्यसैगरी अविवाहित महिलाले महादेवको पूजा गर्नाले राम्रो वर पाउने धार्मिक विश्वास छ । भक्तजनलाई लक्षित गरी मन्दिर परिसर भित्र पुजा सामग्री, खानेपानी, बेलपत्र, दुध लगायतको व्यवस्था गरिएको थियो ।

 

आजको दिन बिहानै सप्तकोशीमा नुहाइधुवाई गरी चोखो लुगा लगाएर पवित्र जल बोकेर काँवर सहित बोलबमको नारा लगाउदै महादेवलाई तामाको लोटाबाट गङ्गाजल, गाईको दूध र सख्खरले स्नान गराइ फलफूल, मिठाइ, धतुरो र बेलपत्र चढाउने परम्परा छ । मनोकांक्षा पुरा हुने आशामा कतिपय भक्तजन जल चढाउन काँवर बोकेर आएका थिए ।

 

दर्शनार्थीको भिडलाई ध्यानमा राख्दै जिल्ला स्थित विभिन्न शिवालयहरुमा गरी करिब ४ सय सुरक्षाकर्मीहरु खटाएको प्रहरी उपरिक्षक राजेन्द्र विष्टले जानकारी दिए ।

दर्शानार्थीहरुलाई मध्य नजर गर्दै विभिन्न संघ संस्थाहरुले आवश्यक प्रसाद सामग्री र स्वच्छ खानेपानीको व्यवस्था मिलाएका थिए ।

  • २१ फाल्गुन २०७५, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech