• ७ बैशाख २०७८, मंगलवार
जननिर्वाचित चौधरीलाई जन्मकैद गर्ने निर्णय न्यायिक नभएको टिप्पणी
  • स्टुडियाे संवाददाता

 

जननिर्वाचित चौधरीलाई जन्मकैद गर्ने निर्णय न्यायिक नभएको टिप्पणी उनका समर्थकले गरेका छन । रेशमका समर्थकले न्यायिक उपचारका लागि अन्य विकल्पमा जाने बताएका छन्। चौधरीले शपथ लिएसँगै टीकापुर क्षेत्रमा सद्भाव कायम हुने विश्वास गरेका चौधरीका बुवा लालवीर चौधरीले यस क्षेत्रका जनतामाथि अदालतले अन्याय गरेको गुनासो गरे।

उनले अदालतको निर्णयले टीकापुर क्षेत्र दुःखी भएको बताए। ‘हामी अत्यन्तै दुःखी छौं। टीकापुरमा सामाजिक सद्भाव कायम गर्न रेशम चौधरी छुट्नुपर्छ भन्ने हाम्रो भनाइ थियो’ उनले भने, ‘अदालतले कानुनी रूपमा मात्रै फैसला ग¥यो, हामी उच्च अदालत हुँदै सर्वोच्चसम्म पुग्छौं।’

चौधरीलाई गत पुस १९ गते सरकारले शपथ खुवाएपछि उनका समर्थक खुसी थिए। चौधरीको शपथपछि टीकापुर घटनाले राजनीतिक रूप पाएको महसुस उनीहरूको थियो। उनका डेढ सय समर्थक बुधबार जिल्ला अदालतमा फैसला सुन्न पुगेका थिए। जननिर्वाचित चौधरीलाई जन्मकैद गर्ने निर्णय न्यायिक नभएको टिप्पणी उनका समर्थकले गरेका छन्।

थारू कल्याणकारिणी सभा क्षेत्र नं. १ का अध्यक्ष लौटन चौधरीले अदालतको निर्णयले थारू समुदाय दुःखित भएको बताए। चौधरीले भने, ‘सरकारले शपथ खुवाएपछि हामी आशावादी थियौं। टीकापुर घटना राजनीतिक घटना हो। यसको उपचार त्यसैगरी हुनेछ भन्ने थियो। तर अदालतको फैसलाले हामीले फेरि सरकारबाट हेपिएको महसुस गरेका छौं।’

टीकापुरका टीकाराम चौधरीले जनताको मत प्राप्त प्रतिनिधिलाई अदालतले रिहा गर्ने विश्वास गरे पनि जन्मकैद फैसलाले थारू युवा निराश भएको बताए। ‘निर्वाचनमा रेशमको उम्मेदवारी रद्द भएन। हामीले उनलाई मतदान ग-यौं, निर्वाचित भए, सरकारले शपथ पनि खुवायो तर आज आएर अदालतले जन्मकैदको फैसला ग¥यो’, चौधरीले भने।

सरकारले शपथ खुवाएपछि अदालतले समेत टीकापुर घटनालाई राजनीतिक रूपमा निर्णय गर्ने विश्वास गरेकी जोशीपुरकी राजमती कठरियाले अदालतले आफूहरूलाई अन्याय गरेको बताइन्।

  • २३ फाल्गुन २०७५, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech