• ७ बैशाख २०७८, मंगलवार
थरुहट संघर्ष समितिले उपत्यका सहित तराईका सबै जिल्लामा शान्तिपूर्ण विरोध गर्ने
  • स्टुडियाे संवाददाता

 

निर्वाचित सांसद रेशम चौधरीलाई अदालतबाट जन्मकैद फैसला भएको विरुद्धमा थरुहट संघर्ष समितिले उपत्यका सहित तराईका सबै जिल्लामा शान्तिपूर्ण विरोध गर्ने पत्रकार सम्मेलनमा जनाएको छ ।

थारु कल्याणकारिणी सभा केन्द्रीय समिति, थरुहट/थारुवान् संयुक्त संघर्ष समिति एवम् केन्द्रीय संयोजन एवं परिचालन समितिले शुक्रबार दिउँसो ३ बजे काठमाडौंको माइतीघर मण्डलालगायत थरुहट तराईका सम्पूर्ण जिल्लाहरुको सदरमुकाम तथा प्रमुख शहरहरुमा शान्तिपूर्ण विरोध एवं धर्ना गर्ने भएको हो ।

 

 

आज शुक्रबार रिपोर्टर्स क्लब नेपालमा थारु कल्याणकारिणी सभा केन्द्रिय समिति, थरुहट/थारुवान संयुक्त संघर्ष समिति एवम् केन्द्रीय संयोजन एवं परिचालन समितिले पत्रकार सम्मेलन गरेर यस्तो घोषणा गरेको हो ।

भोलि हुने विरोध तथा धर्ना कार्यक्रममा कालोपट्टी बाँध्ने र हातमा तराजु बोक्ने जस्ता बिरोध कार्यक्रम गर्ने बताए ।

त्यसैगरीथारु कल्याणकारिणी सभा र थरुहट/थारुवान संयुक्त संघर्ष समितिको बृहत्त बैठक संघर्षका भावी कार्यक्रम तथा रणनीति तय गर्नको लागि यही फागुन २५ गते शनिबार काठमाडौं उपत्यका र प्रत्येक जिल्लाहरुमा बृहत्त बैठक गर्ने र संघर्षको मोडालिटी सार्वजनिक गर्ने पनि जनाएको छ ।

निर्वाचित सांसद रेशम चौधरीलाई अदालतबाट जन्मकैद फैसला बुधबार भएको थियो ।

यो पनि हेर्नुहोस :

 

  • २३ फाल्गुन २०७५, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech