• ७ बैशाख २०७८, मंगलवार
मलेठ घटनाका शहीदको सम्झनामा राजबिराजमा स्मृति सभाको आयोजना (तस्बिरहरु)
  • स्टुडियाे संवाददाता

 

मलेठ घटनाको दुई वर्ष पुरा भएको २३ फागुन विहीवारका दिन सहिदको सम्मानमा स्मृति सभाको आयोजना गरेको छ । मलेठ घटनाका सहिद सन्जन मेहता, पिताम्बर मण्डल, बिरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादवको सम्झनामा आज राजबिराजमा स्मृति सम्पन्न भएको हो ।

 

 

उक्त सभालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका साथै मधेश केन्द्रीत दलका शिर्ष नेताहरुले सम्बोधन गरेको थियो । साथै मलेठ घटनामा सहिद भएकाहरुको सम्झानामा राजविराज नगरपालिकाले विहीवार सार्वजनिक बिदा समेत दिएको थियो । राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवको अध्यक्षतामा बुधबार सम्पन्न बोर्डको बैठकले उक्त निर्णय गरेका थिए ।

बि.स. २०७३ साल फागुन २३ गते नेकपा एमालेले आयोजना गरेको मेचीमहाकाली राष्ट्रिय अभियानका क्रममा सप्तरीको मलेठमा तत्कालिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विरोध गरेपछि भएको झडपका क्रममा प्रहरीले गोली चलाउ्रँदा मलेठका पाँच जनाको मृत्यु भएको थियो ।

तस्बिरहरु :

 

 

 

  • २३ फाल्गुन २०७५, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech