• ७ बैशाख २०७८, मंगलवार
सप्तरी अग्निपिडितहरुको बिचल्ली
  • स्टुडियाे संवाददाता

 

सप्तरीको सितापुर गाउँका चार परिवार आगलागी पीडितहरू बिचल्लीमा परेका छन् । सप्तरीको अग्निसाइर कृष्णसवरन गाउँपालिका-२ निवासी मिश्रीलाल चौधरीको टिनको छानो भएको दुई तले घरमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा चार परिवार बिचल्लीमा परेका हुन ।

आगलागीबाट चौधरीको घरसहित चम्पीलाल चौधरी र बचकुन चौधरीको टिनको छाना भएको एक तल्ले घर र दुगोलाल चौधरीको भान्सा घर आगोले नष्ट भएको थियो । घरसँगै अन्नपात, भाँडावर्तन, फर्निचर, नगद, गरगहना, लत्ताकपडा जल्नुका साथै छ वटा घर र टहरा जलेर करिब १३ लाख रुपैयाँ बराबरको भन्ददा बढी छती भएको   पीडितहरूले बताए।

विवाहका लागि जुटाएर राखेको नगद ९५ हजार, एक तोला सुन, चाँदी समेत जलेको पीडितले बताए । अहिले उनिहरु खुल्ला आकाश मुनि बस्न बाध्य छ्न । आगलागीमा परि घरवार विहिन भएका पीडितहरु आफान्त र छिमेकीको घरमा शरण लिएर बस्दै आएका छन् ।

आगो राजविराज नगरपालिका, हनुमाननगर कंकालीनी नगरपालिकाबाट आएको वारुण यन्त्र, ईलाका प्रहरी कार्यालय महुली, सशस्त्र प्रहरी बल सुरक्षा वेश क्याम्प सितापुरका शसस्त्र प्रहरी र स्थानीवासीको सहयोगमा नियन्त्रण लिएको थियो ।

 

पीडितहरुलाई राहत

यता आगलागी पीडितहरूलाई अग्निसाइर कृष्णासवरन गाउँपालिका सहयोग तथा अध्यक्ष पर्शुराम चौधरी नेतृत्वको टोलीले नगद, त्रिपाल, चिउरा, मुरही, नुन तेल, मसला लगायतका तत्कालीन राहतका सामग्री आइतबार वितरण गरेको छ ।

 

त्यस्तै बिचल्लीमा रहेका सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ सीतापुरका अग्नीपीडितहरुलाई धर्मी हल्फा महिला विकास क्लव सप्तरीले त्रिपाल,झुल,धोती ,साडी ,तन्ना,थाल,गलास ,कराहि,डेकचि,पन्यु लगायतका राहत सामाग्री बितरण गरेको धर्मी हल्फा महिला विकास क्लव सप्तरीको अध्यक्ष एवम् समाजसेवी ई. सूर्य नारायण यादवले बताए ।

  • २८ फाल्गुन २०७५, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech