• ७ बैशाख २०७८, मंगलवार
सप्तरीमा एनआईसी एशिया बैंकको शाखा तीन स्थानमा संचालन
  • स्टुडियाे संवाददाता

 

सप्तरीको विभिन्न स्थानीय क्षेत्रमा एनआईसी एशिया बैंकको २ शाखा ३ स्थानमा संचालनमा ल्याएको छ । सप्तरीको सदरमुकाम राजबिराज नगरपालिका ,मह्देवा गाउँपालिका तथा सप्तकोसी नगरपालिकामा एनआईसी एशियाको शाखा संचालनमा ल्यएको हो ।

 

 

 

सप्तरीको महदेवा गाँउपालिका ६ स्थित मंगलबार एनआईसी एशिया बैंकले २ सय ७९ शाखाको रूपमा बिस्तार गरेको छ । गाउँपालिका अध्यक्ष दिपक कुमार यादबले कार्यालयको बिधिवत रुपमा रिबन काटेर उदघाटन गरेका थिए ।

पनि`सप्तरी जिल्ला को सप्तकोसी नगरपालिका १ फत्तेपुर मा एनआइसी एसिया बैंकको २७७ औं शाखा कार्यालय सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

सप्तकोसी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्मा ले रिबन काटेर बैंकको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

 

यसैगरी राजविराजमा एनआइसी एसिया बैंकको शाखा कार्यालय आइतवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

राजविराज नगरपालिका मेयर शम्भु प्रसाद यादवले रिबन काटेर बैंकको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

 

  • २९ फाल्गुन २०७५, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech