• ७ बैशाख २०७८, मंगलवार
सप्तरीमा मोटरसाइकलमाथि बस पल्टिदा दुई जनाको मृत्यु(तस्बिरसहित)
  • स्टुडियाे संवाददाता

 

सप्तरीमा बुधबार बिहान मोटरसाइकलमाथि यात्रुबाहक बस पल्टिएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कुसहामा मोटरसाइकललाई बचाउने क्रममा को १ ख ४९६४ यात्रुबाहक बस मोटरसाइकल माथि नै पल्टिदा २ जनाको मृत्यु भएको हो ।

 

को३४प ६४३५ नम्बरको मोटरसाइकललाई बचाउने क्रममा को१ख ४९६४ यात्रुबाहक बस मोटरसाइकल माथि नै पल्टिएको थियो।

 

दुर्घटनामा मोटरसाइकलमा सवार सप्तरीको सुरुङा नगरपालिका-५ का मो मजलुम मियाँ र रामे पासवानको घटनास्थलमै मृत्यु भएको सप्तरीका डिएसपी भावेश रिमालले जानकारी दिए।

 

वसमा ३५ जना सवार मध्ये १० जना घाईतेहरुको सप्तरिषी सेवा अस्पताल लाहनामा उपचार भैरहेको प्रहरीले जनाएको छ।

बसमा सवार घाइते भएका अन्य यात्रुलाई उपचारको लागि सिरहाको लहान लगिएको प्रहरीले जनाएको छ ।

घटनापछि केही बेर राजमार्गमा यातायात अवरुद रहेकोे थियो ।

 

 

 

  • २९ फाल्गुन २०७५, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech