• ४ जेष्ठ २०७८, मंगलवार
देशभर विप्लव नेतृत्व बन्दको प्रभाव सामान्य
  • स्टुडियाे संवाददाता

 

आज देश भर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले आह्वान गरेको नेपाल बन्दको समान्य प्रभाव परेको छ । अहिले धेरै ठाउमा सर्वसाधारण गाडी चढ्न सकेको छैन । सडकमा गाडी कम चलेकोले गर्दा अरुदिनको तुलनामा लामो तथा छोटो दुरीका गाडी कमै चलेको छ ।

विप्लव समूहले नेपाल बन्दको घोषणा गरेको भन्दै चोकचोकमा आज बाक्लो मात्रमा सुरक्षाकर्मि परिचालित भएका छन्। त्यस्तै आज बिहिवार अधिकान्श निजि विधालयहरुले बन्द रहेकोे छ ।

यता उपत्यकामा सार्वजानिक सवारी कम चलेका र उपत्यकाबाट बाहिरिने तथा भित्रिने सवारी पनि अरु दिनको तुलनामा चलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले भौतिक आक्रमण, तोडफोड वा आगजनीका घटना नहुन् भनेर साधा पोशाकमा पनि व्यापक प्रहरी परिचान गरिएकोे बताए।

  • ३० फाल्गुन २०७५, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech