• ७ बैशाख २०७८, मंगलवार
सुरुङ्गा नगरपालिकामा भीषण आग्लागी ,१० घर जल्दा ३६ लाखको क्षति
  • स्टुडियाे संवाददाता

 

सप्तरीको सुरुङ्गा नगरपालिकामा भीषण आग्लागी हुँदा १० घर जलेर नष्ट भएको छ । सुरुङा नगरपालिका ९ प्रमाणपुरमा शनिबार दुउसो आग्लागी हुँदा १० घर जलेर करिब ३६ लाखको क्षति भएको छ ।

हावाहुरीसँगै आगो लाग्दा सप्तरीको सुरुङ्गा नगरपालिका–९ प्रमाण्पुरका बद्री मण्डलको घरबाट सल्केको आगो फैलिएर आगलागी हुँदा स्थानीय आठ परिवारको १० घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । साथै भोला मण्डल, भदै मण्डल, मनोज मण्डल, विद्या मण्डल, दशरथ मण्डल, शिवा मण्डल र अधिकलाल मण्डलको घर जलेर लाखौं मूल्य बराबरको धनमाल नष्ट भएको छ ।

शनिबार दिउँसो भएको आगलागीबाट १० घर सहित घरमा रहेको नगद, खाद्यान्न, फर्निचर, लुगा, भाँडाकुँडालगायत सम्पूर्ण सामान जलेर नष्ट हुँदा सो परिमाणको क्षति भएको हो ।

इलाका प्रहरी कार्यालय कड्रबोनाले दिएको जानकारी अनुसार लहान नगरपालिका र शम्भुनाथ नगरपालिकाबाट गएको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको संयुक्त प्रयास पछि आगो नियन्त्रणमा आएको थियो ।

  • २ चैत्र २०७५, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech