उदयपुरमा टिपरको ठक्करबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ । स्थायी इलाम नगरपालिका ८ की ५० वर्षिय युरोपिया राईको टिपरको ठक्करबाट उपचारको क्रममा मृत्यु भएको हो ।
नेपालमा अहिले टिप्परले आतंकमच्चाएको छ । सोही क्रममा आफ्नो साइडमा गुडिरहेको बा.३७ प ८८३६ नम्बरको मोटर साइकललाई को १ ख ६३८८ नम्बरको टिपरले पछाडीबाट ठक्कर दिँदा मोटर साइकलमा सबार युरोपिया राई र उनका श्रीमान ५२ वर्षिय महेश राई घाइते भएका थिए ।
उदयपुरको चौदण्डीगढी नगरपालिका ५ शिव माध्यमिक विद्यालय सुन्दरपुर नजिक टिपरको ठक्करबाट मोटर साइकलमा सवार युरोपिया राई गम्भिर घाइते भएकी थिईन् ।
गम्भिर घाइते युरोपिया राईलाई स्वास्थ्य चौकी सुन्दरपुरमा सामान्य उपचारपछि थप उपचारको लागि विराटनगर स्थित नोवेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी र उनको श्रीमानको उपचाररत मै छ्न ।
टिपर चालक सुनसरी बराह नगरपालिका ४ बस्ने २९ वर्षिय अर्जुन चौधरीलाई ईलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।