• ७ बैशाख २०७८, मंगलवार
‘स्वतन्त्र मधेश गठबन्धन’को बैठक गोप्य : प्रहरी र पत्रकारलाई निषेध
  • स्टुडियाे संवाददाता

 

सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठनबन्धनको राष्ट्रिय परिषद् बैठकस्थलमा प्रहरीलाई रोक लगाइएको छ ।सरकारसँग फागुन २४ गते भएको ११ बुँदे सहमतिको विषयमा छलफल गर्न सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिरहाको लहानमा शुरु हुँदैछ।

सिराहाको लहानमा सुरु भएको बैठकमा मूलगेटबाटै राउतका आन्तरिक सुरक्षाकर्मीले कार्यक्रमस्थलको सुरक्षा दिइरहेका छन् भने नेपाल प्रहरीले मूलगेट बाहिर सुरक्षा दिइरहेको छ ।बैठक स्थलभित्र प्रहरी तथा सञ्चारकर्मीलाई पनि प्रवेश निषेध गरिएको छ।

प्रहरीलाई मूलगेटभित्र प्रवेश दिइएको छैन । लहान नगरपालिका–७ स्थित माडवारी सेवा सदनमा सुरू भएको बैठकमा सहभागी हुनका लागि मधेसका २२ वटै जिल्लाहरूबाट परिषद् सदस्यहरू सहभागी हुँदैछन् ।

कार्यक्रममा सहभागी हुन आएका गठबन्धनका कार्यक्रर्तालाई समेत मूलगेटमै कडा सुरक्षा जाँचपछिभित्र प्रवेश दिने गरिएको छ । घुसपैठ हुन सक्ने भन्दै गेटमै नागरिकताको प्रमाण पत्र देखाएर सुरक्षा जाँच गराएर मात्र भित्र प्रवेश गर्न दिइएको छ ।

फागुन २४ गते सरकारसँग भएको ११ बुँदे सहमतिलाई बैठकमा छलफलको विषय बनाइने छ । साथै बैठकबाट आगामी रणनीति समेत तय गरिनेछ ।

सोमबार बैठक सम्पन्न भएपछि सार्वजनिक गर्न मिल्ने निर्णयहरू सञ्चारकर्मीमार्फत् सार्वजनिक गर्ने गठबन्धनका तयारी छ ।

 

तस्बिर :

तस्बिर : मधेस घठबन्धन ।

  • ३ चैत्र २०७५, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech