• ८ असार २०७८, मंगलवार
स्वतन्त्र मधेश समूह एमालेभित्रै क्रियाशील रहने
  • स्टुडियाे संवाददाता

सूर्य चिन्ह लिएर कपिलबस्तु–२ बाट निर्वाचित सांसद वृजेशकुमार गुप्ताले स्वतन्त्र मधेश समूह नेकपा (एमाले) भित्रे रहेर मधेश र मधेशीको अधिकार स्थापनाका लागि क्रियाशील रहने बताएका छन्।

हृदयेश त्रिपाठी र गुप्ता लगायत राजपाका नेताहरु पार्टी परित्याग गरी स्वतन्त्र समूह घोषणा गरेर एमालेको सूर्य चिन्ह लिई गत निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए।

स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै गुप्ताले तराई मधेशका दलित, जनजाति, आदिवासी, मुसलमानलगायत पछाछि परेका वर्ग समुदायको अधिकारका लागि एमाले नै उपयुक्त पार्टी भएको दावी गर्दै त्यही कारण आफूहरूको रोजाइ पनि एमाले नै रहेको बताए।

एमालेभित्रै रहेर मधेश र मधेशीका सम्बन्धमा कृयाशील रहने सम्बन्धमा एमाले नेतृत्वसँग निर्वाचनअघि नै सहमति भएको र अब त्यसको कार्यान्वयनको पक्ष बाँकी छ’ गुप्ताले भने, ‘हामी टेबलमा बसेर मधेश समस्या समाधानको प्रयास गर्नेछौं।’

वर्तमान संसदमा वाम गठबन्धनको स्पष्ट बहुमत रहेका कारण तराई मधेश र पिछडिएको वर्ग समुदायका पक्षमा उठाएका विषयको सम्बोधन हुनेमा आफूहरु आशावादी रहेको पनि उनले बताए।

  • १० पुष २०७४, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech