• ७ बैशाख २०७८, मंगलवार
पूर्वप्रेमी दीपिका र रणविर मुम्बईमा भाइरल
  • स्टुडियाे संवाददाता

 

बलिउड नायिका दीपिका पादुकोण र रणवीर कपूरको अनस्क्रिन जोडीलाई दर्शकले निकै मन पराउँछन् ।
केहीले त दीपिका र रणवीरको विवाह नै होस् भन्ने पनि चाहेका थिए । कुनै समय एकअर्काको गहिरो प्रेममा रहेका दीपिका र रणवीरको पछि आपसी असमझदारीका कारण सम्बन्ध टुटेको थियो ।

यी दुवैका फ्यानहरु दीपिकाले अर्का अभिनेता रणवीर सिंहका साथ विवाह हुनु अघिसम्म दीपिका र रणवीर कपूरको पुनर्मिलन हुन सक्ने अनुमान लगाउने गर्थे । तर त्यो कुरा सम्भव हुन नसके पनि दीपिका र रणवीर कपूरबीचको मित्रताको सम्बन्ध आजसम्म प्रगाढ नै छ ।

हालै दीपिका पादुकोण र रणवीर कपूर एक विज्ञापनको छायाँकंनका लागि सँगै देखिएका थिए । छायाँकंन सकेर सेटबाट फर्कने क्रममा दीपिका र रणवीरले एकअर्कालाई नजिकका साथीहरुझैं अँगालो हाल्दै गुडबाई किस गरेका तस्बिरहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

दीपिका पादुकोण र रणबिर कपूर आ–आफ्नो सम्बन्धमा अगाडि बढीसकेका छन् । दीपिकाले अभिनेता रणवीर सिंहका साथ विवाह गरिसकेकी छिन् भने रणवीर कपूर अभिनेत्री आलिया भट्टलाई डेट गरिरहेका छन् ।

  • ७ चैत्र २०७५, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech