आसन्न माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा सामुदायिक विद्यालयमा छात्रा र निजी ९संस्थागत० विद्यालयमा छात्रको सङ्ख्या बढी देखिएको छ ।
संविधानतः मुलुक समाजवादोन्मुख भनिए पनि वर्षेनी सामुदायिक विद्यालयमा छात्रा र निजी विद्यालयमा छात्रको सङ्ख्या बढी देखिनुले शिक्षामा वर्गीय र सामाजिक विभेद् कायमै रहेको दर्शाउँछ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
यही चैत १० देखि २१ गतेसम्म हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक क्षेत्रका गरी कूल चार लाख ७५ हजार तीन परीक्षार्थीले आवेदन दिएकामा दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा छन् ।
राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक विष्णु अधिकारीका अनुसार सामुदायिक विद्यालयका तीन लाख चार हजार १९६ विद्यार्थीमध्ये एक लाख ५८ हजार ३८९ छात्र र एक लाख १८ हजार ८०७ छात्रा छन् ।
निजी विद्यालयतर्फ कूल एक लाख ३४ हजार ८०७ मध्ये ७८ हजार ५६ छात्र र ५६ हजार ७५१ छात्रा छन् । गत वर्ष पनि निजी विद्यालयतर्फ छात्र बढी थिए । सो वर्ष सामुदायिक विद्यालयमा कूल तीन लाख ५९ हजार ९१२ र निजी विद्यालयमा एक लाख २५ हजार ६७४ गरी चार लाख ८५ हजार ५८६ परीक्षार्थी थिए ।
शहरी क्षेत्र रहेको प्रदेशमा भने निजी विद्यालयको प्रभाव भएकाले त्यहाँ छात्रा बढी छन् । यस वर्ष प्रदेश नं २ मा छात्रको सङ्ख्या बढी छ । सो प्रदेशका कूल ७० हजार ५६८ विद्यार्थीमध्ये ३७ हजार ४१ छात्र र ३३ हजार ५२७ छात्रा छन् ।
प्रदेश नं १ मा ८३ हजार ८१८ विद्यार्थीमध्ये ४० हजार १६४ छात्रा र ४३ हजार ६५४ छात्रा छन् । प्रदेश नं ३ मा एक लाख ६० हजार दुई विद्यार्थीमध्ये ५२ हजार ८८० छात्र र ५३ हजार ११२ छात्रा छन् ।