• ७ बैशाख २०७८, मंगलवार
ईन्जिनियरहरु आन्दोलित भएपछि पुन:निर्माण कार्य प्रभावित
  • स्टुडियाे संवाददाता

 

समयमै पुन:निर्माण कार्य डिलाई भईरह्दा पुन:निर्माणमा खटिएका प्राबिधिकहरु आन्दोलित भएपछि अझै भुकम्प पीडितहरु मार्कामा परेका छ्न । विभिन्न माग राख्दै ३२ जिल्ला कै ईन्जिनियरहरु,सब ईन्जिनियरहरु तथा असिस्टेन्ट सब ईन्जिनियरहरु आन्दोलित भएका हुन ।

 

पुन: निर्माण महा-अभियानमा लागेर देश बनाउने संकल्प बोकी शोकाकुल परिवारमा मलमपट्टी लगाउन खटिएका सम्पूर्ण इन्जिनियरहरु लगायतका प्राबिधिकहरु आज सोमबार पनि सडक आन्दोलन गरेका छ ।

 

 

ईन्जिनियरले खाईपाई आएको भत्ता ल प्राधिकरणले विशुद्ध तलब बाहेक कुनैपनि सुविधा नदिएको भन्दै आन्दोलनरत उनीहरुले राष्ट्रिय पुनर्निर्माण प्राविधिक हकहित संरक्षण तदर्थ समिति गठन गरेर आन्दोलन थालेका छन् । अल्टिमेटम दिँदा पनि मागबारे सुनुवाई नभएपछि बाध्यताले कामकाज ठप्प गरी काठमाडौ केन्द्रित आन्दोलन गर्नु परेको अध्यक्ष अबिनाश अमरले बताए ।

हजारौंको संख्यामा रहेका प्राविधिकहरु नेपाल ईन्जिनियर एसोसिएसन(NEA) हरिहर भवन पुलचौकबाट बृहत बिरोध र्याली निकाल्दै कुपोन्डोल ,थापाथली ,माइतीघर ,बबरमहल हुँदै बानेश्वर पुगेका थिए । विभिन्न मागका नारावाजी गर्दै पुलचौक बाट आएको र्याली र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (CLPIU) बबरमहलबाट आएको र्याली एक जुठ भई बानेश्वर पुगेको एक प्राबिधिकले बताएका छ्न ।

 

 

प्राधिकरणले पुनर्निर्माणका लागि फिल्डमा खटिएका प्राविधिकले गएका वर्षमा पाउँदै आएको फिल्ड भत्ता चालू आर्थिक बर्षमा कटौती गरेको थियो । उनीहरुले फिल्डमा खटिँदा भैपरी आउने सम्भावनालाई ख्याल गरी प्राविधिकको स्वास्थ्य र दुर्घटना बीमा गर्न माग गरेका छन् ।

प्रविधिकलाई गाउँमा सहज तरिकाले बस्ने व्यवस्था र सुरक्षाको प्रत्याभुति गराउन, पुनर्निर्माण प्राधिकरणबाट स्थानीय तहमा रहेर कार्य गरिरहेका प्राविधिकको स्थायित्व र निरन्तरताको व्यवस्थापन गर्न उनीहरुले माग गरेका छन् ।

 

यता पुन:निर्माणमा खटिएका सम्पूर्ण इन्जिनियरहरु लगायतका प्राबिधिकहरुको मागप्रति नेपाल ईन्जिनियर एसोसिएसन, सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर नेपाल सिडेन,प्रोग्रेसिभ ईन्जिनियर एसोसिएसन नेपाल तथा डिप्लोमा ईन्जिनियर एसोसिएसनले गम्भिर चासो व्यक्त गरेका छ्न ।

 

  • ११ चैत्र २०७५, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech