• ७ बैशाख २०७८, मंगलवार
खुकुरी प्रहारबाट रुपनीमा एक गम्भिर घाईते
  • स्टुडियाे संवाददाता

 

सप्तरीमा खुकुरी प्रहारबाट एक घाइते भएको छ । आईतवार साँझ धारीलो हतियार खुकुरी प्रहारबाट जिल्ला सप्तरी रुपनि गाउँपालिका-२ वस्ने ४५ वर्षीय राम किशुन खङ गम्भिर घाईते भएका हुन।

घरायासी बिवादका कारण झै झगडा हुँदा निजलाई आफ्नै छोरा १८ वर्षीय शिब शंकर खङले टाउकोमा धारीलो हतियार, खुकुरी प्रहार गरी घाईते बनाएका थिए् ।

गम्भिर घाईते भएका रामको युनिक अस्पताल रुपनीमा उपचार भईरहेको छ । खुकुरी प्रहार गरी फरार रहेका शिवको खोज तलाश कार्य भईरहेको ईलाका प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरी रहेको जनाएको छ ।

  • १२ चैत्र २०७५, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech