• ७ बैशाख २०७८, मंगलवार
माग पूरा नभए ३२ जिल्लाका प्राबिधिकहरु सामुहिक राजीनामा दिने तयारीमा
  • स्टुडियाे संवाददाता

 

भूकम्पपछिको पुनर्निर्माणमा खटिएका इन्जिनियरहरूले आफूहरूले राखेको पाँच बुदे माग सम्बन्धित निकायले वेवास्ता गरि सम्बोधन नभए ३२ जिल्लामा खटिएका सम्पुर्ण प्राबिधिक ईन्जिनियर ,सब ईन्जिनियर र असिस्टेन्ट सब ईन्जिनियरहरु सामुहिक राजीनामा दिने तयारीमा रहेको बताएको छ ।

 

सरकारले सेवा, सुविधावापतको रकम कटौती गरेको विरोधमा आन्दोलनरत पुनर्निर्माणमा खटिएका इन्जिनियरहरूले मंगलबार रिपोर्टस कल्ब काठमाडौंमा आज मंगलबार पत्रकार सम्मेलन गर्दै सो कुरा बताएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण : प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिका अध्यक्ष अबिनाश अ्मरले प्राबिधिकहरुले राखेको विभिन्न माग लिखित रूपमा सम्बोधन नभए पुर्णनिमाणमा खटिएका ३२ जिल्लाका तीन हजार प्राबिधिकहरुले सामुहिक राजीनामा दिने तयारीमा रहेको बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय तहमा खटाएका प्राविधिक इन्जिनियरले चैत ३ गते देखि कामकाज ठप्प (पेन डाउन )पारेर काठमाडौं केन्द्रित भएका छन् । पुनर्निर्माणमा खटिएका इन्जिनियरहरूले सेवा, सुविधा वापतको रकम कटौती गर्ने सरकारले निर्णय गरेपछि त्यसको विरोधमा एक साता यता पुनर्निर्माणको काम छोडेर काठमाडौंमा आन्दोलन शुरु गरेका थिए ।

 

 

प्रोत्साहन भत्ता कटौती

चालू आर्थिक वर्षको ७ महिना बितिसक्दा पनि भौगोलिक र प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने माग उनीहरुले राखेका छन् । प्राधिकरणले पुनर्निर्माणका लागि फिल्डमा खटिएका प्राविधिकले गएका वर्षमा पाउँदै आएको फिल्ड भत्ता चालू आर्थिक बर्षमा कटौती गरेको थियो । उनीहरुले फिल्डमा खटिँदा भैपरी आउने सम्भावनालाई ख्याल गरी प्राविधिकको स्वास्थ्य र दुर्घटना बीमा गर्न माग गरेका छन् ।

प्रविधिकलाई गाउँमा सहज तरिकाले बस्ने व्यवस्था र सुरक्षाको प्रत्याभुति गराउन, पुनर्निर्माण प्राधिकरणबाट स्थानीय तहमा रहेर कार्य गरिरहेका प्राविधिकको स्थायित्व र निरन्तरताको व्यवस्थापन गर्न उनीहरुले माग गरेका प्रेस बिज्ञपति मार्फत बताएका छन् ।

प्राविधिकको स्थायित्व र निरन्तरताको व्यवस्थापन माग

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय तहमा खटाएका प्राविधिक ईन्जिनियर, सव–ईन्जिनियर र असिस्टेन्ट सब–ईन्जिनियरहरुको स्थायित्व र निरन्तरताको व्यवस्थापन माग राखेको छ । नेपाल सरकारले हामीलाई जुनसुकै तहमा काम भएनी काम गर्ने मौका दिएर स्थायित्व र निरन्तरताको व्यवस्थापन माग गरेका छन । “हामी अहिले नेपाल सरकार र भुकम्प पीडितलाई सहयोग गरिईयो ,पुर्ण निर्माण सके पछि हामीलाई नि नेपाल सरकारले भबिस्यमा सहयोग गरि निरन्तरता दिनुपर्ने “अध्यक्ष अबिनाशले भने ।

सिंहदरबार घेर्न पुगेका इन्जिनियरहरूमाथि लाठी चार्ज

सरकारले सेवा, सुविधावापतको रकम कटौती गरेको विरोधमा आन्दोलनरत पुनर्निर्माणमा खटिएका इन्जिनियरहरूले मंगलबार निषेधित क्षेत्र सिंहदरबारको दक्षिणी गेटस्थित सहरी विकास मन्त्रालय घेराउ गर्न खोजेपछि प्रहरीले लाठी चार्ज गरेको छ ।

प्रहरीको लाठी चार्जबाट आधा दर्जन बढी इन्जिनियरहरू घाइते भएका छन। पत्रकार सम्मेलनमा ईन्जिनियर बिधा बरालले आफूहरूको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले लाठी चार्ज गरेकोमा इन्जिनियरहरूले आपत्ति जनाएका छन।

स्थानीय तहमा सुरक्षाको ग्यारेन्टीको माग

पुनर्निर्माणमा खटिएका इन्जिनियरहरूले सेवा, सुविधा वापत माग मात्रै नभएर स्थानीय तहमा सुरक्षाको ग्यारेन्टीको माग गरेको छ । एक महिना अधि सिन्धुली जिल्लामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय तहमा खटाएका प्राविधिक इन्जिनियर कुटिएको ईन्जिनियर प्रशान्तले बताए ।

हामीलाई स्थानीय सरकारले नै कुटिएपछी सरकार देखि नै असुरक्षित रहेको प्राबिधिकहरुले बताए । पुनर्निर्माणका लागि फिल्डमा गएर खटिएका ईन्जिनियर, सव–ईन्जिनियर र अस्स्टिेन्ट सब–ईन्जिनियरहरु अहिले पनि असुरक्षित रहेको बताए ।

प्रेस बिज्ञपति :

  • १२ चैत्र २०७५, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech