पानी र असिनासँगै आएको हावाहुरीका कारण बारा–पर्सा जिल्लामा नेपाल प्रहरी अस्पताल,महाराजगंज बाट विशेषज्ञ चिकित्सक सहितको टोली उक्त स्थान खटिगई घाइतेहरुलाई स्वास्थ्य सेवा प्रवाह गर्दै छ ।
औषधिसहित सोमबार नै बारा पुगेर हावाहुरी प्रभावित ठाउँमा पुगेर घाइते बिरामीहरूको उपचार गरिरहेका बताइएको छ।
आइतबार साँझ आएको हावाहुरीका कारण बारामा मात्रै ६ सय ६३ जना घाइते भएका छन् भने घटनामा २७ जनाको मृत्यु भएको छ।घटनामा परी बारा र पर्साका एक हजार ४४ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
उनीहरूमध्ये ३ सय ३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेहरू अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। त्यस्तै काठमाडौंको शिक्षण अस्पतालमा ८ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ।