• ७ बैशाख २०७८, मंगलवार
हावाहुरी प्रभावितलाई सांसदको एक दिनको तलब दिने
  • स्टुडियाे संवाददाता

 

सुदूरपश्चिम प्रदेशमा सांसदले हावाहुरीबाट प्रभावित भएकाहरूलाई एक दिनको पारिश्रमिक दिने भएका छन्।

आइतबार प्रदेश-२ को बारा र पर्साका हावाहुरीबाट प्रभावितहरूलाई सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्यहरूले एक दिनको पारिश्रमिक दिने भएका छन्।

मंगलबार बसेको तेस्रो अधिवेसनको १९औँ बैठकमा विपद्मा परेकाहरूलाई प्रदेशसभा सदस्यहरूले रकम उपलब्ध गराउने बताएपछि उप–सभामुख निर्मला बडाल जोशीले एक दिनको पारिश्रमिक दिने जानकारी गराएकी थिइन्।

मंगलबार २ बजे सुरु भएको प्रदेशसभा बैठकमार्फत घटनामा ज्यान गुमाएकाहरूप्रति एक मिनेट मौन धारण गरिएको थियो। उक्त घटनाप्रति शोक प्रस्ताव पारित गर्दै १५ मिनेटका लागि स्थगित गरिएको थियो। १५ मिनेटपछि सुरु भएको बैठकमा सरकारको तर्फबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिनिता चौधरीले जवाफ दिइन्। विगतमा सांसदहरुले उठान गरेको प्रश्नमा मन्त्री चौधरीले जवाफ दिएकी हुन्।

मंगलबारको बैठकमा ‘सुदूरपश्चिम प्रदेश लोक मार्ग विधेयक २०७५’ टेवल भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले तयार गरेको विधेयक उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले टेवल गरेकी हुन्।

बैठकमा उपसभामुख निर्मला बडाल जोशीले प्रदेशसभा नियमावली मस्यौदा संसोधन समितिको म्याद एक साता थपेको जानकारी गराइन्। ‘प्रदेश सभा नियमावली २०७४’ मा रहेका केही बुँदाहरू संसोधन गर्न असोज ८ गते समिति गठन गरिएको थियो।

उक्त समितिले हाससम्म प्रतिवेदन बुझाउन सकेको छैन। अब एक सातामा प्रतिवेदन बुझाउने बताएपछि प्रदेशसभाले एक साताको लागि समितिको म्याद थप गरेको हो। बुधबार दिउँसो १ बजे अर्काे बैठक बस्ने गरि मंगलबारको बैठक स्थगित भएको थियो।

  • १९ चैत्र २०७५, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech