• ७ बैशाख २०७८, मंगलवार
भाववीह्वल हुँदै भक्कानिए मुख्यमन्त्री लालबाबु राउत
  • स्टुडियाे संवाददाता

 

बारामा भएको त्यो हृदयविदारक घटनामा पीडित भएकालाई मलम पट्टी लिएर गएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको आँखाबाट आसु खसे ।

घटनाको घाइतेसँगको कुराकानीकै क्रममा फेटा गाउँपालिका १ का पीडित परिवारसँगको कुराकानीको क्रममा उनी भाववीह्वल हुँदै भक्कानिए तर फेरि सम्हालिए । प्राकृतिको त्यो वितण्डाले संवेदनशील मानिसको आँखामा आँसु आउनु स्वाभाविक पनि हो। स्थानीयको कोलाहल र चिच्याहट अनि अस्पतालमा छटपटाइरहेका घाइतेहरूको अवस्था देख्दा जो कोहीको मन भावुक बन्छ।

 

यही चैत १७ गते साँझ ती जिल्लामा आएको भीषण हुरीले २८ जनाको ज्यान गएको थियो भने ६ सयभन्दा बढी घाइते भएका छन् ।

 

 

 

  • २० चैत्र २०७५, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech