• ७ बैशाख २०७८, मंगलवार
एसइइ प्रश्नपत्र चाेरी प्रकरण : सप्तरी निवासी २ प्रहरी, १ शिक्षक र ३ विधार्थी पक्राउ
  • स्टुडियाे संवाददाता

 

प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्र आउट गर्ने सप्तरीका ६ जना पक्राउ परेका छन । केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) ले गरेको अनुसन्धानले २ प्रहरी सहित १ शिक्षक र ३ विधार्थी सो घटनामा संलग्न रहेको खुलासा गरेको छ ।

 

 

सिआइबीका प्रमुख डिआइजी निरजबहादुर शाही र प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआईजी हरिबहादुर पालको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा बिहिवार दिउँसो आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रश्नपत्र आउट गर्ने अभियुक्तहरुलाई सार्वजनिक गरेको हो ।

प्रहरीले प्रहरी साथीलाई नै पास गराउने उद्देश्यले प्रश्नपत्र चोरी गरेको खुलासा भएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाका प्रहरी जवानहरु ब्रहम्देव सुनरैत यादव र दिपेन्द्र मण्डलले प्रश्नपत्र आउट गरेका थिए ।

 

 

पत्रकार सम्मेलन गरि सो घटनाको खुलासा गर्दै त्यसमा संलग्न मुख्य नाइके राजविराज नगरपालिका १० घर भई हाल सिरहाको कल्याणपुर प्रहरी चौकीमा कार्यरत प्रहरी जवान ब्रह्मदेव सुनरैत, उनका दाजु विष्णुदेव सुनरैत, कञ्चनरुप नगरपालिका–६ घर भई प्रहरी चौकी कल्याणपुरमै कार्यरत अर्का प्रहरी जवान दिपेन्द्र कुमार मण्डल, राजविराज–१६ निवासी शिक्षक मनोज यादव, हनुमाननगर कंकालिनी नगरपालिका–१ निवासी राजेश यादव र उमेश यादवलाई सार्वजनिक गरेको हो ।

परीक्षा अगावै विज्ञान र सामाजिक विषयको प्रश्न पत्र सार्वजनिक गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले घटनाको छानविन गरिरहेको थियो।

 

  • २२ चैत्र २०७५, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech