• ७ बैशाख २०७८, मंगलवार
सहायक डिनलाई विद्यार्थीले लगाए कालोमोसो र जुत्ताको माला
  • स्टुडियाे संवाददाता

चितवनको रामपुर कृषि तथा वन बिज्ञान विश्वबिद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक बिष्णुराज ओझालाई विद्यार्थीले कालोमोसो दलेका छन् ।

 

उनलाई बुधबार विश्वविद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले कालोमोसो दली जुताको माला लगाईदिएका छन् ।

 

कोर्ष छिटो सकेको र सिकाउने कुरामा झारा टार्ने काम गरेको भन्दै ओझालाई विद्यार्थीहरुले कार्यकक्षमै कालोमोसो दलेका हुन् ।

३० दिनमा सकाउनु पर्ने कोर्ष दिनमा २/२ घण्टाका दरले पढाएर ४ दिनमै सकेको विद्यार्थीहरुले बताएका छन् । छैटौ सत्रान्तको कोर्ष तीन वटा सेक्सनका १ सय ६५ विद्यार्थीलाई एउटै सेक्सनमा राखेर झारा टार्दै कोर्ष सकाएको विद्यार्थीहरुले आरोप लगाएका छन् ।

ओझाले भने हालसम्म कुनैपनि प्रतिक्रिया जनाएका छैनन् ।

  • २२ चैत्र २०७५, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech