• ७ बैशाख २०७८, मंगलवार
सर्पको टोकाईबाट बनौलामा एकको मृत्यु
  • स्टुडियाे संवाददाता

 

सप्तरी,२५ चैत । सर्पको टोकाईबाट सप्तरीमा ८० वर्षीया वृद्धाको शनिवार साँझ मृत्यू भएको छ ।

सप्तरी डाक्नेश्वरी नगरपालिका १० बनौला वस्ने कैलि ठाकुरको श्रीमति फुलकुन देवी ठाकुरलाई सर्पले टोक्दा घाईते भई उपचारको लागि लहान स्थित राउ स्मार्क अस्पतालमा लगिएको थियो ।

फुलकुन देवीको उपचारको क्रममा सोही अस्पतालमा मृत्यू भएको ईलाका प्रहरी कार्यालय बोदेबर्साईनले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • २५ चैत्र २०७५, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech