सिरहाको लहान स्थित ‘आफ्नो लहान, समृद्ध लहान’ मूल नारा सहित लहान महोत्सव आजबाट सुरु भईरहेको छ । लहान स्थित पशुपति माविको पश्चिम साइडमा लाग्ने महोत्सवको उद्घाटन आज मध्यान्ह् उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले गर्नेछन् ।
२०७५ चैत २५ देखि सुरु हुने महोत्सव ०७६ बैशाख १० गतेसम्मको चल्ने मूल आयोजक समितिको संयोजक तथा लहानका मेयर मुनि साहले जनाएको छ । महोत्सवमा ५० करोडको कारोबार हुने लक्ष्य लिएको छ ।