• ७ बैशाख २०७८, मंगलवार
रुपनी गाउँपालिकामा एक रातमा पाँच घरमा लाखौंको चोरी
  • स्टुडियाे संवाददाता

नयाँ बर्षको आगमन सङै सप्तरीमा चोरीको घटना बढ्दै छ । यसैक्रममा सप्तरीको रुपनी गाउँपालिकामा शुक्रबार रातमा पाँच घरमा लाखौंको चोरी भएको छ ।

रुपनी गाउँपालिका वडा नम्वर ६ का सरोज सरदार, राम वावु सरदार, सुखरी सदा,गुजरी देवी सदा, सियालाल सरदारको घरमा गरगहना,पैसा र लताकपडा गरि सर समान समेत चोरी गरेको प्रहरीले बताएका छ्न ।

उनीहरुको घरबाट एल.सि.डी. , मोवाईल , चाँदीको गहना , सुन ,नगद , अण्डा , टर्च लाईट, घडी लताकपडा गरि लाखौंको चोरी गरेको छ । घरमा सिन खनेर भित्र छिरी लाखौंको चोरी गरेको स्थानीयले बताए । चोरी कसले गरेको हो भनेर खुल्न सकेको छैन ।

  • २५ चैत्र २०७५, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech