• ७ बैशाख २०७८, मंगलवार
धरानमा बस दुर्घटना ४ को मृत्यु, ४७ जना घाइते
  • स्टुडियाे संवाददाता

 

सुनसरीको धरान उप-महानगरपालिका-१३ जिरोप्वाईन्टमा आज दिउँसो भएको बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने बसमा सवार ४७ जना घाइते भएका छन् ।

 

दिउँसो सवा १ बजे धनकुटाबाट धरान तर्फ आउँदै गरेको ना ६ ख २७१३ नम्बरको भोजपुरे एक्सप्रेस बस अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर सडकमा पल्टिएको थियो ।

 

दुर्घटनामा बसका चालक धरान-८ बस्ने बर्ष ४३ को चक्र बहादुर गुरुङ, मोरङ केराबारी गाउँपालिका-९ बस्ने बर्ष २० की यम कुमारी मगर, निजको ७ महिनाको छोरी डेनी मगर र धनकुटाको चौविसे गाउँपालिका-१ बस्ने ५६ बर्षीय दल बहादुर मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । दुर्घटनामा बसमा सवार रहेका ४७ जना घाइते भएका छन् ।

 

घाईतेहरु मध्ये ४३ जनाको वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा र ४ जनाको विजयपुर अस्पताल धरानमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

  • २५ चैत्र २०७५, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech