• ७ बैशाख २०७८, मंगलवार
मलेसियामा बस दुर्घटना हुँदा २ नेपालीसहित ११ जनाको मृत्यु
  • स्टुडियाे संवाददाता

 

मलेसियामा कामदार सवार बस दुर्घटना हुँदा २ नेपालीसहित ११ जनाको मृत्यु भएको छ । मलेसियाको सेपाङमा आइतबार राती कामदार बोकेको सो बस दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा नेपालीबाहेक बंगलादेशी, म्यानमार र मलेसियन नागरिक समेत रहेको बताइएको छ । मृत्यु हुनेमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु छन् ।

यद्यपि नेपाली दूताबासले यसको पुष्टि गरेको छैन । घाइतेहरुको पुत्राजया, सेरडाग, वान्तिग अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये तीन जना नेपालको अवस्था अवस्था गम्भीर छ ।

  • २५ चैत्र २०७५, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech