• ७ बैशाख २०७८, मंगलवार
सप्तरीमा तेस्रो दिनाभद्री मेला महोत्सव सुरु
  • स्टुडियाे संवाददाता

 

सप्तरीमा दिनाभद्री तेश्रो मेला महोत्सव सुरु भएको छ । नेपाल राष्ट्रिय मुसहर समाज जनकपुरद्वारा आयोजना गरेको दिनाभद्री मेला महोत्सव तीन दिनको लागि शुभारम्भ भएको छ ।

सप्तरीको बोदे बर्साइन नगरपालिका वडा नम्वर २ स्थित जोगीयामा सोमवारदेखि बिहिवार सम्म तेस्रो दिनाभद्री महोत्सव मेला २०७५ आयोजना गरेको हो ।

महोत्सवको उद्घाटन प्रदेश नम्वर २ का अर्थमन्त्री विजय यादवले गरेका छन् । सोमबारदेखि सुरु गरिएको उक्त महोत्सव हर्सोउल्लासको साथ उद्घाटन समारोह सम्पन्न भएको समितीले बताए ।

त्यस्तै महोत्सवमा २ प्रदेश सभा सदस्य अभिशेक कुमार यादव,गोबिन्द न्युपाने, बोदेवर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंह, खडक नगरपालिकाका मेयर हेमायु हक, प्रमुख जिल्ला जिल्ला अधिकारी सुरेन्द्र पौडेल लगायतले अ आफ्नो शुभकामना मन्तव्य व्यक्त राखेको थियो ।

  • २६ चैत्र २०७५, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech