• ७ बैशाख २०७८, मंगलवार
भोटियाटोल चोक नजिकै दुर्घटना हुँदा घटनास्थलमै ३ को मृत्यु
  • स्टुडियाे संवाददाता

 

पूर्व-पश्चिम सडकअन्तर्गत सिरहाको लहान नगरपालिका १३ भोटियाटोल चोक नजिकै मालवाहक ट्रकको मोटरसाइकललाई ठक्कर दिंदा मंगलबार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।

पूर्वबाट पश्चिमतिर जाँदै गरेको ना३ख ७७७४ नम्बरको बिस्कुट बोकेको मालवाहक ट्रकले विपरीत दिशाबाट आउँदै गरेको स९प ७३७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा मृत्यु हुनेहरुमा लहान नगरपालिका ४ का २६ वर्षीय कृष्णा सहनी र शिव कुमार सहनी तथा २५ वर्षीय मनोज मण्डल रहेको इलाका प्रही कार्यालय लहानले जनाएको छ। प्रहरीका अनुसार मृतकहरूको शवको पोष्टमार्टम लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा गरिएको छ।

  • २७ चैत्र २०७५, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech