• ४ जेष्ठ २०७८, मंगलवार
पाँचौ पकडीया गढ महोत्सव सुरु(फोटोफिक्चर)
  • स्टुडियाे संवाददाता

 

सिरहाको लहान नगरपालिकास्थित पकडीया गढको संरक्षण सम्बद्र्धनको उद्देश्यले आयोजित पाँचौ पकडीया गढ महोत्सव सुरु भएको छ ।

 

लहान १८ स्थित पाँचौ पकडीया गढ महोत्सवको उद्दघाटन गर्दै प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउतले पकडीया गढको विकासको लागि प्रदेश सरकारले हर सम्भव सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

प्रदेशको विकासका लागि प्रदेश सरकारले धार्मिक पर्यटनलाई प्राथमिकतामा राखेर अघि बढेको बताएका छन्। धार्मिक पर्यटकीय करिडोरको निर्माणपछि लाखौ आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने लक्ष्य प्रदेश सरकारले राखेको बताउँदै यस क्षेत्रमा पर्यटकीय गन्तव्य बन्ने बित्तिकै आर्थिक गतिविधिमा समेत तीब्र विकास हुने बताए।

पकडीया गढको वृहत डिपिआर तयार गर्न संरक्षण समितिलाई आग्रह समेत गरे। मुख्यमन्त्री राउतले अगामी आर्थिक वर्षमा प्रदेशको धार्मिक पर्यटकीय करिडोर निर्माणको कार्य शुरु हुने उल्लेख गरे ।

 

 

  • २७ चैत्र २०७५, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech