• ७ बैशाख २०७८, मंगलवार
लोकतान्त्रिक इन्जिनियरहरुको चियापान सम्पन्न
  • स्टुडियाे संवाददाता

नव बर्ष २०७६ को उपलक्ष्यमा नेपाल इन्जिनियर्स एसोसिएसनका निबर्तमान महासचिब ई. उमेश थानीको आयोजनामा लोकतन्त्रबादी इन्जिनियरहरुको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।

करिब ४०० इन्जिनियरहरु उपस्थित रहेको कार्यक्रममा इन्जिनियरिङ क्षेत्रका चर्चित महानुभावहरुको समेत उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा संविधान सभा सदस्य ई. सकलदेव सुतियार, राष्ट्रिय योजना आयोगका पुर्ब अध्यक्ष ई. जगदीशचन्द्र पोख्रेल, नास्टका पुर्ब उपकुलपति ई. जिबराज पोख्रेल, नेपाल इन्जिनियर्स एसोसिएसनका पुर्ब अध्यक्ष ई. किशोर शाक्य, नेपाल इन्जिनियरिङ काउन्सिलका पुर्ब अध्यक्ष ई. शालिकराम सिंह , पुर्ब उपाध्यक्ष बिनोद न्यौपाने, रजिस्ट्रार ई. खेमराज जोशी, नेपाल इन्जिनियर्स एसोसिएसनका निबर्तमान अध्यक्ष ई. हरेराम श्रेष्ठ, पुर्ब महासचिव ई. अनुराधा शर्मा, ई. किशोर कुमार झा, सिडेन पुर्ब अध्यक्ष ई. हिरेन्द्रमान प्रधान, नेपाल सरकारको बिशेश आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक ई. चण्डिका भट्ट लगायत नेपाल इन्जिनियर्स एसोसिएसनका पुर्ब तथा बर्तमान पदाधिकारीहरु, सदस्यहरु, सिडेनका पुर्ब तथा बर्तमान पदाधिकारीहरु, सदस्यहरु लगायत विभिन्न क्षेत्रमा कार्यरत लोकतन्त्रबादी इन्जिनियरहरुको उपस्थिति रहेको थियो।

  • २९ चैत्र २०७५, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech