चैती छठ मनाउदै गर्दा प्रदेश २ को अस्थायी राजधानी जनकपुरको एक पोखरीमा शव फेला परेका छन ।
जनकपुरको जानकी मन्दिरको उत्तरपट्टी रहेको अंगराजसर पोखरीमा एक महिलाको वेवारिशे शव शुक्रबार दिउँसो ४ बजे फेला परेको हो ।
महिलाको शवलाई पोखरीमा तैरिरहेको अवस्थामा देखेपछि स्थानीयवासीले प्रहरीलाई शवबारे जानकारी गराएको थियो ।
चैती छ्ठ शुक्रबार विहान मात्र सम्पन्न भएको थियो । १२ घण्टा नबित्दै उक्त पोखरीमा शव फेला परेका छ्न । अहिले प्रहरीले महिलाको शवलाई निकालेर अनुसन्धान गरिरहेको छ । मृतक महिलाको उमेर करिब २५ वर्ष रहेको छ ।