सप्तरीमा एक जेष्ठ नागरिकको १३१ बर्षमा शुक्रबार निधन भएको छ । सप्तरीको तिरहुत गाउँपालिका वडा नं. १ त्रिकौल धनपुरी निवासी रघु बहरखेरको शुक्रबार बिहान ११ बजेर ३१ मा निधन भएको हो । उनी केही बर्ष यता अस्वास्थय रहिदै आएको थियो ।
उनका छोरा भरतलाल बहरखेर साविकको त्रिकौल गाविसका पूर्व उपाध्यक्ष थिए भने उनका नाती हेमन्त बहरखेर वर्तमान तिरहुत गाउँपालिकाका अध्यक्ष समालिरहेका छ्न ।
सम्भवत् त नेपालकै जेष्ठ नागरिक १३१ वर्षिय रधु बहरखेरले अधिकांश समय उनी कोशी टप्पुको जंगलमै गाईबस्तु, अर्ना पालेर बस्ने गरेको स्थानियहरुले बताएका छन् ।