• ७ बैशाख २०७८, मंगलवार
पोखरीया स्थित प्राचिनकालको इनारमा मेला(फोटोफिक्चर)
  • स्टुडियाे संवाददाता

 

सप्तरी जिल्ला स्थित शम्भुनाथ नगरपालिका ८ पोखरियामा अबस्थित पौराणिक प्राचिनकालको ईनारमा मेला लागेको छ ।

 

सप्तरी जिल्लामा धार्मिक स्थानहरु, सार्वजनिक स्थानहरु र मठ मन्दिरहरु निर्माण गर्ने जिर्णेद्वार गर्ने वढी जनचासो भइरहेका बेला पोखरिया ईनारमा बैशाख १ गते मेला लागेका छन् ।

 

हाल शम्भुनाथ नगरपालिका ८ साबिक बसवलपुर गाबिस वडा नं.९ पोखरिया टोलमा एउटा प्राचिनकालको इनार छ जहाँ इनारको पानीले नुहाउादा रोग निको हुने विश्वासर परम्परा छ ।

पुरातात्विक र ऐतिहासिक वस्तुहरु एवं स्थानहरुको संरक्षण गर्नको निमित्त हालसम्म खोज अनुसन्धान अध्ययन र प्रकाशन हुन सकेकोले गर्दा उक्त पौराणिक ईनार जिर्ण अबस्थामा पुगेको थियो । अहिले उक्त स्थानमा घण्टी तथा बारको निर्माण गरेको छ ।

 

नव बर्ष २०७६ सालको आग्मन त जुरसीतल पर्व को अवसरमा कमलेश्वरी ईनार( कुप्पा) को प्रांगणमा लागेको जनाएको छ । साथै मेलालाई थप आकर्षक बनाउन मेलामा सान्सकृत कार्यक्रम समेत आयोजना गरेको छ । मेला हेर्नको लागि स्थानीय गाउँ गाउँबाट ठिलो संख्यामा हेर्न तथा भाकल गर्ने को भिड रहेकोे थियो ।

 

 

तस्बिर : सन्यासिया युवा कल्ब ।

  • १ बैशाख २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech