नयाँ वर्ष सङ्गै सप्तरीको तिरहुत गाउँपालिकामा प्रथम लोहजारा ठाकुर बाबा दह महोत्सव तथा कृषि प्रदर्शनी मेला २०७६ सुरु भएको छ । नयाँ उमंग र उत्साहका साथ सप्तरीको पर्यटन प्रबर्द्धन गर्नको लागि प्रथम लोहजारा ठाकुर बाबा दह महोत्सव तथा कृषि प्रदर्शनी मेला २०७६ आयोजना गरेको हो ।
सप्तरी जिल्लाको तिरहुत गाउँपालिका वडा नम्बर ५ मा प्रथम लोहजारा ठाकुर बाबा दह महोत्सव तथा कृषि प्रर्दशनी मेला समापन्न समारोह प्रदेश २ का कृषि मन्त्री शैलेन्द्र साहले गरे ।
स्थानीय पर्यटन र कृषि विकासका लागि प्रथम लोहजारा ठाकुर बाबा दह महोत्सव तथा कृषि प्रदर्शनी २०७६ मा विभिन्न सान्स्कृतिक कार्यक्रम ,रमाइलो मेला ,कृषि प्रदर्शनी , स्थानिय परिकारको मज्जा ,बोटिङको मज्जा र सस्तो किनमेलको मज्जा लिन सकिन्थ्यो ।
उक्त महोत्सव नेपाल पर्यटन बोर्ड प्रर्वधनमा आयोजक टुडे न्युज नेटवर्क प्राली रहेको थियो भने मिडिया पार्टनर भोरुकवा एफएम , टुडे खबर डट कम रहेको थियो । विशेष सहयोग तिरहुत गाउपालिका ५ लोहजरा रहेको थियो । साथै गलोबल , साल्ट , वोर्लड लिंगक जस्ता संस्थाको सहयोग रहेको थियोे ।