• ७ बैशाख २०७८, मंगलवार
आगामी वर्षदेखि वृद्धभत्ता बढाउने ओलिको घाेषणा
  • स्टुडियाे संवाददाता

 

सरकारले आगामी वर्षदेखि वृद्धभत्ता बढाउने घोषणा गरेको छ ।राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र खोलौं बैंक खाता कार्यक्रममा आगामी आर्थिक वर्षको बजेटमार्फत वृद्धभत्ता बढाउने घोषणा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य विमा कार्यक्रमले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचारमा ठुलो भरथेग गर्ने बताएका छन् ।

यसैगरी कार्यक्रममा प्रधानमन्त्रीका पिता मोहन प्रसाद ओली र सासु धनमाया शाक्यले बैंक खाता खोलेका छन् । उनीहरुलाई प्रधानमन्त्ती ओलीले राष्ट्रिय वाणिज्य बैंकको चेक हस्तान्तरण गरेका थिए ।कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अव ७० बर्ष भन्दा माथिका बृद्धबृद्धालाई निःशुल्क स्वास्थ्य बीमा हुने बताए ।

  • १ बैशाख २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech