• ७ बैशाख २०७८, मंगलवार
सन्तान प्राप्तिको लागि पतारी पोखरीमा श्रद्धालु भक्तजनहरुको भिड्
  • स्टुडियाे संवाददाता

 

सिरहा जिल्ला स्थित बैशाख २ गते पतारी मेलामा यस बर्ष पनि भव्यताका साथ श्रद्धालभक्तजनहरु सन्तान प्राप्तिको लागि पोखरीमा डुबुल्की लगाउंनेहरुको भिड् लागेको छ ।

मधेशको शक्तिपीठ मानिने ऐतिहासिक, पौराणिक र धार्मिक कथा बोकेको पातारी पोखरीमा निसन्तान महिलाहरुले राजा हरिसिंह देवको पूजा र भाकल गरेपछि पोखरीमा डुबुल्की लगाउंदा जीवित जीव भेटिए सन्तानप्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।

जिल्लाको लहानबाट १८ किलोमिटर पश्चिम दक्षिणमा अवस्थित पातारी पोखरीमा भाकल गर्न र मेला भर्न सुनसरी, सिरहा, उदयपुर, धनुषा, महोतरी र काठमाडौं तथा भारतको विहारबाट समेत सर्वसाधारण आउँने गरेको स्थानियले बताउनु भयो ।

  • २ बैशाख २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech