• ७ बैशाख २०७८, मंगलवार
किर्ते आरोपमा राजपा नेता यादव र मण्डल पक्राउ
  • स्टुडियाे संवाददाता

 

किर्ते आरोपमा पूर्वसभासद बीपी यादव र राजपा नेपालका केन्द्रीय सदस्य हरिनारायण मण्डललाई सप्तरी प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको २५ लाख रुपैयाँ निकाल्न कागज, छाप तथा नागरिकता र उपभोक्ता समितिसमेत किर्ते खडा गरेका केन्द्रीय सदस्यद्वय यादव र मण्डललाई २० दिनको सुक्ष्म अनुसन्धानपछि पर्याप्त प्रमाणका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ र ३ जोड्ने सडकमा माटो र ग्राभेलको काम गर्न प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयबाट आएको २५ लाख रुपैयाँको योजना सञ्चालन गर्न यादव र मण्डलले मिलेर किर्ते उपभोक्ता समिति गठन गरेको आरोप छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको २५ लाख रुपैयाँ निकाल्न कागज तथा छाप किर्ते गरी उपभोक्ता समिति समेत किर्ते खडा गरिएको स्थानीयले जानकारी दिएका छन्। किर्ते समितिमार्फत बैंक खातासमेत सञ्चालनमा ल्याईएको उनीहरुको दावी छ ।

  • ११ बैशाख २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech