• ३ आश्विन २०७७, शनिबार
बुधबार बिहान बस दुर्घटना हुँदा ६ जनाको मृत्यु
  • स्टुडियाे संवाददाता

 

बुधबार बिहान गन्यपाधुरा गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जना मृत्यु भएको छ। उनीहरुको दुर्घटना स्थलमै मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिए।

भीमदत्त राजमार्गअन्तर्गत गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजे बस दुर्घटना भएको हो।

धनगढीबाट बझाङका लागि छुटेको बस दुर्घटनामा परेको हो। बस नम्बर खुलेको छैन। मृतकहरुको सनाखत हुन सकेको छैन। प्रहरी घटनास्थल पुगेर घाइतेहरु उद्धार गरिरहेको बताइएको छ।

  • ११ बैशाख २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech