• ६ आश्विन २०७७, मंगलवार
ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु,१ घाइते
  • स्टुडियाे संवाददाता

 

सुनसरी स्थित पूर्व-पश्चिम राजमार्ग अन्तर्गत ईनरुवा नगरपालिका ६ घोपाली टोलमा मंगलवार ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

दिउँसो साढे २ बजे पश्चिम तर्फ आउँदै गरेको ना ५ ख १२३६ नम्बरको ट्रकले पूर्व तर्फ जाँदै गरेको को ५ प ५०३३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाईकल चालक सुनसरी रामधुनी नगरपालिका-१ झुम्का बस्ने बर्ष २६ को उमेश चौधरी र पछाडी सवार उदयपुर गाईघाट नगरपालिका-१३ पुरानो बजार बस्ने बर्ष-२० को संगम राई घाइते भएका थिए ।

दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा मोटरसाईकल चालक चौधरीको सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अर्का घाइते राईलाई थप उपचारको लागि विराटनगर पठाईएको छ भने ट्रक र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

  • ११ बैशाख २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech