• ५ आश्विन २०७७, सोमबार
सप्तरीको सितापुरमा ट्र्याक्टर दुर्घटना, एकजनाको मृत्यु
  • स्टुडियाे संवाददाता

पूर्व–पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको सितापुरमा ट्र्याक्टर दुर्घटनामा परी एक जना कामदारको आज घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–३ बस्ने ४० वर्षीय शिवकुमार मण्डल रहेको प्रहरी निरीक्षक गुरु तिमल्सिनाले बताए । सोही दुर्घटनामा परी चालकसहित चार जनासमेत घाइते भएका छन् ।

उनीहरुको अग्निसाई कृष्णशवरण गााउँपालिका–४ स्थित मोहली बजारमा रहेको अहिर अस्पतालमा उपचारको लागि भर्ना गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दुर्घटनाको कारण खुलेको छैन भने ट्र्याक्टर सडकको छेउमा पल्टेको छ । फलामको रड लिएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा तत्काल नम्बर नखुलेको औनटेस्ट ट्र्याक्टर अग्निसाई कृष्णशवरण गााउँपालिका–४ स्थित सितापुरमा दुर्घटनामा परेको थियो ।

  • ११ बैशाख २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech