• ४ आश्विन २०७७, आईतवार
राजबिराजमा पुस्तक सिन्डीकेट : विद्यार्थी संगठनद्वारा तालाबन्दी,मारमा विद्यार्थी
  • स्टुडियाे संवाददाता

 

सप्तरीको राजबिराज स्थित पुस्तक महलमा तलाबन्धी गरेको छ । शैक्षिकसत्र सुरु भए सङै सप्तरीको राजबिराजमा एक लौटी ढंगले केही पुस्तक व्यवसायीहरु मिलेर सिन्डीकेट लगाएर पुस्तक बिक्रीवितरण गरेको आक्रोशमा विद्यार्थी संघसंगठनहरुले राजविराजस्थित गजेन्द्र चौकमा पुस्तक महल नामक पसलमा तालाबन्दी गरेको छ ।

उक्त पुस्तक महल मार्फत निजि विद्यालयका पुस्तक एकलौटी ढंगले बिक्री गरिरहेको बिरोधमा आक्रोसित विद्यार्थीहरुले बिहीबार प्रदर्शन र तालाबन्दी गरेका हुन् ।

राजविराज नगरपालिका क्षेत्रमा मात्रै ४१ वटा पुस्तक पसलहरु रहेका छन् तर निजि बिधालयका पुस्तक पाउदैन । एक रुपैया पनि पुस्तक किनेकोमा छुट नदिएपछी सिन्डीकेट खारेजीको माँग गर्दै प्रदर्शन तथा तथा तालाबन्दी गरेको छ ।

राजबिराज नगर भित्र करिब ५० हजार विद्यार्थीहरु पुस्तक किन्न र पढ्नबाट वाञ्चित भएको छ । यसैगरी संगठनकहरुको अगुवाइमा विद्यार्थीहरुले सिन्डीकेट खारेजीको माँग गर्दै जिल्ला प्रशासन कार्यालयमा दुई दिने अल्टिमेटमसहितको ञापनपत्र बुझाएका थिए ।

 

  • १२ बैशाख २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech