• ६ आश्विन २०७७, मंगलवार
अपडेट: श्रीमतीलाई जलाउने श्रीमान फरार ,सासू पक्राउ
  • स्टुडियाे संवाददाता

 

सिरहा जिल्लामा एक जना महिला माथी मट्टीतेल छर्केर जिउँदै जलाउने सासू पक्राउ परेका छ्न भने श्रीमान फरार रहेको छ । घरायसी विवादमा सिरहा नगरपालिका ८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई ससुराली पक्षद्वारा जिउँदै मट्टितेल छर्केर जलाएको छ ।

बिहीबार विहान करिब ११ बजेको समयमा घरायसी विवादमा कञ्चनलाई जिउमा आगो लगाएर जलाइएको हो । बिहिवार राती पीडितलाई उपचारको लागि धरान स्थित बि.पि. कोईराला स्वास्थ्य प्रतिष्ठान लगिएको थियो । तर उपचार सम्भावना नदेखिएपछि अहिले काठमाडौंको टिचिङ्ग अस्पताल रिफर गरिएको जनाएको छ । उनको शरीर पुरै जलेकोले उपचार काठमाडौंको शुष्मा अस्पताल र टिचिङ्ग अस्पतालमा मात्र सम्भावना रहेको बिपि कोइराला अस्पतालका नर्सहरुले बताए ।

उनको धेरै भन्दा बढि छाला जलेको छ । उहाँको शरीर पुर्णरुपले छित्विछित भैइसकेको छ। बिपि कोइराला स्वास्थय प्रतिष्ठान धरान अस्पतालमा कन्चनको उपचार हुन नसकेपछि काठमाडौँ स्थित होस्पिटलमा उपचारको ल्याइएको छ ।

घटनापश्चात कञ्चनकी पति बेचन मण्डल खत्वे फरार भएका छन् भने सासुलाई नियन्त्रणमा लिइएको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिनुभयो ।

  • १३ बैशाख २०७६, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech