• ३ आश्विन २०७७, शनिबार
कन्चनरुपमा बस दुर्घटना हुँदा १ को मृत्यु ,८ घाइते
  • स्टुडियाे संवाददाता

 

शनिबार सप्तरीको कन्चनरुप नगरपालिका–९ मा पश्चिमबाट पूर्वतर्फ जादै गरेको बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट आउदै गरेको को१ख ४१२३ ट्रकलाई पछाडिबाट ठक्कर दिदाँ बस अनियन्त्रित भएर दुर्घटना भएको हो ।

अनियन्त्रित ना५ख ७९३७ नम्बरको बस सडकदेखि दक्षिणतर्फ छाप्रोमा रहेको चिया पसललाई भत्काएर चिया पसलमा भएका व्यक्तिलाई ठक्कर दिएको थियाे ।

बसको ठक्करबाट सो पसलमा चिया पिउन बसिरहेका कञ्चनरुप नगरपालिका–८ का ६५ वर्षीय देवनारायण महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा बसमा सवार र चिया पसलमा बसिरहेका आठ घाइते भएकोे प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए।

दुर्घटनामा सोही ठाउँका सुनरलाल महतो र असर्फि मण्डल घाइते भएका छन् । यसैगरी बसमा सवार मोरङको केराबारी गाउँपालिका ५ का कुलबहादुर महत, पाचँथरको मिक्लाजुङ गाउँपालिका ५ का पुर्णबहादुर लावती, बाराको अमलेखगं नगरपालिका २१ की शान्ती खड्का, शान्तिको ४ वर्षका छोरा घाइते भएका छन् ।

यसैगरी बारा अमलेखगंज नगरपालिका २१ लक्ष्मी गिरी, सोही ठाउँकी लक्ष्मी गिरी र लक्ष्मीकी ७ वर्षकी छोरी आयुषा गिरी घाइते भएका छन् ।

केही घाइतेहरुको रुपनगरस्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ भने अरु लाई घरान र विराटनगर पठाइएको प्रहरीले जनाएको छ। यता चालक र ट्रक तथा बसलाई नियन्त्रमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

  • १४ बैशाख २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech