• २ आश्विन २०७७, शुक्रबार
सप्तरीको विष्णुपुर गापामा शव झुण्डिएको अवस्थामा फेला
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

सप्तरीको विष्णुपुर गाउँपालिकामा शुक्रबार आफ्नै घरमा एक बालिकाको शव झुण्डिएको अवस्थामा फेला परेको छ।

विष्णुपुर गाउँपालिका ६ रञ्जितपुर बस्ने रामकुमार यादवकी छोरी १४ वर्षीया आरतीकुमारी यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। पब्लिक बिन्देश्वरी कक्षा ८ मा अध्यरत १४ वर्षीया आरती कुमारी यादव शुक्रबार बिहान आफ्नै घरमा झुन्डिएको अवस्थामा छिमेकीले देखेपछि घटना सार्वजनिक भएको थियो । अहिले गाउँ सोकमनमा परेका छ्न ।

आफ्नै घरभित्र बाँसको बलोमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। यसबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तस्बिर सौजन्य : दिपक कुमार यादव ।

  • १४ बैशाख २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech