• ३ आश्विन २०७७, शनिबार
भारदहमा झुन्डिएको अबस्थामा एक महिलाको शव फेला
  • स्टुडियाे संवाददाता

 

सप्तरी जिल्लामा दिना दिन आत्महत्याको घटना बढ्दै गएको छ । गएको शुक्रबार सप्तरीको विष्णुपुर गाउँपालिका ६ रञ्जितपुर बस्ने रामकुमार यादवकी छोरी १४ वर्षीया आरतीकुमारी यादवले पासो लगाएर झुण्डिएर आत्महत्या गरेकी घटना सेलाउन नपाउदै सप्तरीको भारदहमा एक महिलाले आत्महत्या गरेको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहमा भुण्डिएर मृत्यु भएको अवस्थामा २१ वर्षीया रन्जु मुखियाको शव शनिबार फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।

आफ्नै सुत्ने कोठामा नाइलनको डोरीको पासो लगाइ झुण्डिएर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको स्थानीयले जनाएको छ ।

आत्महत्या किन गरेको हो भन्ने बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

  • १५ बैशाख २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech