• ६ आश्विन २०७७, मंगलवार
बोक्सी आरोपमा मलमुत्र खुवाउनेलाई ६ महिनाको कैद
  • स्टुडियाे संवाददाता

 

सप्तरीमा एक महिलालाई ६ महिनाको कैद फैसला सुनाएका छन । समाजमा कथित बोक्सी भन्दै मलमुत्र खुवाउन खोज्ने एक महिलालाई अदालतले ६ महिना कैद सजाय सुनाएको हो ।

जेल जानेमा सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर लबटोलिया निवासी २२ वर्षीया सुनीता भनिने सोनिताकुमारी राम रहेकी छिन ।उनि अहिले तिरहुत गाउँपालिका २ बडहरास्थित माइत बस्दै आएकी थिइन ।

सुनिताले २०७५ असोज २२ गते बडहराकी ४० वर्षीया मानवतीदेवी रामलाई कथित बोक्सीको आरोप लगाउँदै मलमुत्र खुवाउने प्रयास गरी कुटपिट गरेकी थिइन्।

भेदभाव तथा अन्य अपराधजन्य व्यवहारमा पक्राउ गरि सप्तरी जिल्ला अदालतका न्यायाधीश जवाहरप्रसाद सिंहको इजलाशले शुक्रबार सुनितालाई ६ महिना कैद फैसला गरेको हो । यश अधि उनी गत कात्तिक १५ गते २५ हजार धरौटी राखी तारेखमा रिहा भएकी थिइन्।

  • १५ बैशाख २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech